‘स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक छ’
काठमाडाैं | साउन १४, २०७९
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको बताउनुभएको छ ।
एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको उपत्यका भेलालाई आज सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मीका समस्या सम्बोधन तथा स्वास्थ्य क्षेत्र सुधारमा आफू लाग्ने बताउनुभयो ।
स्वास्थ्यकर्मीका समस्या समाधान र स्वास्थ्य क्षेत्रमा सुधारको अनुभुति दिलाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सेवाग्राहीले अनुभुति गर्नेगरी सुधारका कदम चालिन्छ ।” राज्यमन्त्री केसीले अहिले पनि गाउँ–गाउँमा सहज र सर्वसुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागिरहेको बताउनुभयो ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

